पाल्पा,२७ असार । पाल्पाकाे तिनाउ गाउपालिकाे सिस्नेखाेलामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।
आफैंले चलाएको ट्याक्टरले च्यापिएर गाहाकाे घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । दुर्घटनामा सोही ठाउका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








