राेल्पा,२९ साउन ।
रोल्पामा पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ ।

जिल्लाकाे सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान ८ः१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा तीनै जना मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर छन् ।

हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना बैपत्ता छन् ।