काठमाडौं, २७ असार । नेपालमा आइतबार थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५३५ पीसीआर परीक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ एन्टिजेन परीक्षण गर्दा ५९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ जना काेराेना संक्रमित निकाे भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा २६३, ललितपुरमा ९७ जना र भक्तपुरमा ३१ जना रहेका छन् ।







