बुटवल,२१ असार । रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म थप गरिएको छ । सोमबार बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

सर्वाजनिक सवारी साधनमा यस अघि लागू भएको जोर–विजोर प्रणाली यथावतै रहेको सूचना अधिकारी थापाले बताए । असार १५ गते बसेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो । जिल्लामा निजी सवारी साधन भने असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन हुदै आएको थियो ।

यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।