पाल्पा,२१ असार ।
पाल्पामा जारी निशेधाज्ञा थप लाई खुकुलो बनाउँदै ३१ असार सम्म थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा साेमबार बसेकाे जिल्ला स्तरीय काेभिड संकट व्यवस्थापन समितिकाे बैठकले निषेधाज्ञा थप खुकुलो बनाउदै असार ३१ गतेसम्म लम्व्याउने निर्णय गरेको हो । निषेधाज्ञा खुकुलो भएसगै जिल्लाका सबै सरकारी कार्यालयहरु संचालन हुनेछन् भने अत्यावश्यक पसलहरु बिहान ७ देखि दिउँसो ३ बजे सम्म खाेल्न पाइने छ ।
त्यस्तै रेष्टुरेन्ट तथा खाजाघरहरु बिहान ७ देखि साँझ ७ बजे सम्म मात्रै (प्याकिङ्ग ) सेवा दिन पाउने छन् । बैठकले सार्वजनिक यातायात संचालनमा रोक लगाएपनि निजि सवारी साधन पनि बिहनन ७ बजेदेखि दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको छ । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भाजे भतेर, शैलुन लगाएतका क्षेत्र भने अझै संचालनमा राेक लगाइएको छ ।