बुटवल,२० असार ।
बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका ७/७ जना सहित आइतबार रूपन्देहीका १८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १०७ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार २४३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको
बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका ७/७ जना,देवदह नगरपालिकाका २ जना तथा सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप १७ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ४४८ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहे पनि यसअघि मृत्यु भएर गणना हुन बाँकी रहेका २ जनाकाे विवरण स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।
जिल्लामा हालसम्म ४९० जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३०५ जना सक्रिय संक्रमित रहेका छन् ।







