काठमाडौँ,२० असार । नेपालमा आइतबार थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घन्टामा ४ हजार ८८६ पीसीआर तथा ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आइतबार २ हजार ५५२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर २६ हजार १७९ सक्रिय संक्रमित रहेका छन्।