दाङ,२० असार ।
दाङको खैरेनीमा भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्युु हुनेमा दाङको शान्तिनगर गाउँपालिका-७ खैरेनी कन २८ वर्षका सीताराम चौधरी रहेका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्युु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
रा १ त १९३१ नम्बरको ट्र्याक्टर खेत जोतेर फर्किने क्रममा चिप्लिएर पल्टिएकाे प्रहरीले जनाएको छ ।