बुटवल,१९ असार । ​
बुटवल उपमहानगरपालिकाका १२ सहित शनिबार रूपन्देहीका ३१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १८४ जनाको पिसिआर परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार २२५ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १२ जना,देवदह नगरपालिकाका ७ जना,तिलाेत्तमा नगरपालिकाका ५ जना, सैनामैना नगरपालिकाका ३ जना,मायादेवी गाउपालिका र कञ्चन गाउपालिकाका २/२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २० जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ४३१ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
जिल्लामा हालसम्म ४८८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३०६ जना सक्रिय संक्रमित रहेका छन् ।