काठमाण्डौ,१३ असार । आज दिउँसो देशभर माैसम बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।
प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । आज राति भने प्रदेश एक र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने मौसमविद् बासीको भनाइ छ । पर्सिदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताइन् ।







