पाल्पा,११ असार । पाल्पामा जारी निषेधामा केही खुकुलो बनाएर १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको डिसिसिएमसिको बैठकले निस्चित समय सबै पसल खोल्ने गरि निषेधाज्ञाकाे समय १० दिन थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्नेछन् भने सबै खालका पसलहरु विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म खुल्नेछन् । यस अघि अत्यावश्यकीय पसल पनि १२ बजेसम्म खुल्दै आएका थिए ।

जारी निषेज्ञालाई खुकुलो बनाउँदै १० दिन थप गरिएको हो । जारी निषेधाज्ञा १२ गते राति १२ बजे सकिदै थियो । जिल्लामा अब केही प्रावधान खुकुलाे बनाएर २२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

यस्तै सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुराँ भने बन्द नै रहने छन् । जिल्लामा कोरोनाको संक्रमण घट्दै गएता पनि तेस्रो भेरियन्टको संक्रमणकाे चर्चा भएकोले परिस्थिति अनुसार निषेज्ञा विस्तारै खुला गर्दै लैजाने प्रशासनले जनाएको छ ।