काठमाडौं,२७ साउन ।
लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने बिषयमा नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ ।

सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता,संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले नै गर्नेछ । ८३ सदस्यीय प्रदेश सभामा एमालेको २९,नेकपाको १३ र राष्ट्रिय जनमोर्चाको १ सिट रहेको छ ।