कपिलवस्तु,२७ साउन ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय पिपरा,कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।