बुटवल,२८ साउन ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आज ललितपुर कुसुन्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पत्रकार श्रेष्ठको पक्राउलाई स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र सरकार र सत्तासिन दललाई जवाफदेही बनाउन प्रश्न उठाईरहने पत्रकारमाथी प्रहार गर्ने सत्ताको खतरनाक कदम भएको बताइएकोछ ।
पत्रकार किशोर श्रेष्ठ पक्राउको विषयलाई लिएर सरकारको चौतर्फी बिरोध भैरहेको छ । पत्रकार श्रेष्ठलाई विनासर्त तुरुन्त रिह ागनृ देशभरका पत्रकारहरुले आवाज उठाएका छन् ।
पत्रकार श्रेष्ठलाई तत्काल रिहा गरियोस्। स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न पत्रकारहरुले सरकारलाइृ दवाव दिएका छन् ।
सरकार र सत्तारुढ दलका नेताहरुका गलत कदमविरुद्ध पत्रकारितालाई नै मिसाइल बनाएर निर्भीक आवाज उठाइरहेका पत्रकार श्रेष्ठलाई सत्तालाई असह्य भपछि पक्राउ गरेको बताउंदै नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण अधिकारीले तुरुन्त रिह ागर्न सउरकारसंग माग गरेका छन् ।






