बुटवल,२९ कार्तिक ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको जिल्ला साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कपिल ज्ञवालीको सभापतिमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद पाठक, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनलाल न्यौपाने चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा अर्जुन बहादुर कुवर, दिनेशमणी सुवेदी ,विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सिता पोख्रेल चयन भएका छन् । मनोनीत सदस्यमा गंगा गौरीलाइ मनोनीत गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन, शान्ति, लोकतन्त्र, सामाजिक न्याय र नागरिक स्वतन्त्रताका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
समाजले मानव अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्दै समाजमा शान्ति, सद्भाव र समानताको वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
निर्वाचन समिति संयोजकमा मानव अधिकार तथा शान्ति समाजका पुर्व सभापति कृष्ण भट्टराई (खिमप्रसाद), र सदस्यहरूमा सरोज गैातम, र तेजेन्द्र के सी रहेका थिए ।






