बुटवल,११ असार । ​
तिलाेत्तमा नगरपालिकाका ७ सहित शुक्रबार रूपन्देहीका २२ जनामा मात्रै काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १८५ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ९६३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका ७ जना,बुटवल उपमहानगरपालिकाका ५ जना,देवदह नगरपालिकाका ४ जना,सैनामैना नगरपालिकाका २ जना, सिद्वार्थनगर नगरपालिका,कञ्चन गाउपालिका,सुद्वाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ५१ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार २८१ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतकको संख्या शून्य रहेको छ । जिल्लामा हालसम्म ४८२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २०० जना सक्रिय संक्रमित रहेका छन् ।