काठमाडौं,११ असार । नेपालमा शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कााेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ कााेराेना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टाना थप २७ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ९४५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ४५ हजार ७९४ जना सक्रिय संक्रमित रहेका छन् ।जसमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना छन् ।
यस्तै मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना संक्रमित थपिएका छन् । यसैगरी रुपन्देही र कैलालीमा २३/२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।







