बुटवल,१० असार ।
स्वतन्त्र नागरिक समूह नेपाल रुपन्देहीले कोभिड विरुद्ध को खोप सम्पुर्ण नागरिक लाई उपलब्ध गराउन नेपाल सरकार संग माग गरेको छ।

स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले आज एक प्रेस बिज्ञप्ति जारी गरी सम्पुर्ण नागरिक लाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकार संग माग गरेको हो ।
कोभिड -१९ को महामारीबाट प्रत्येक नेपाली प्रभावित भैरहेको अवस्थामा त्यसको समाधान तर्फ दत्तचित्त भएर लाग्नुको सट्टा सरकार सत्ताको खेलमा मात्र लागि पर्दा नेपाली नागरिक अत्यन्तै मर्माहत भएको भन्दै विज्ञप्तिमा नागरिक प्रतिको दायित्व वहनमा सरकार उदासीन देखिनु लज्जास्पद र खेदजनक भएको जनाइएको छ।
वर्तमानको मुल आवश्यकता जनतालाई काेराेना संक्रमण हुनबाट जाेगाउनु र संक्रमण भैहाले सहज रूपमा उपचार गर्ने रहेको जनाउँदै विज्ञप्तिमा सरकारले यो आर्थिक वर्षको सम्पुर्ण स्रोत कोभिड विरुद्धको खोपमा लगानी गर्नुपर्नेमा जाेड दिइएको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिए संगै सरकारले जारि गरेको निषेधाज्ञा लामो समय भैसक्दा पनि नागरिकहरुको जिउ ,धन र सुरक्षा मा सरकारले ध्यान नदिएको भन्दै समूहले आपत्ति समेत जनाएको छ।