बुटवल,१० असार ।
सैनामैना नगरपालिकाका २ सहित बिहीबार रूपन्देहीका जम्मा ५ जनामा मात्रै काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ८१ जनाको पिसिआर परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ९४१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
सैनामैना नगरपालिकाका २ जना,बुटवल उपमहानगरपालिका,
तिलोत्तमा नगरपालिका,देवदह नगरपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४४ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार २३० जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतकको संख्या शून्य रहेको छ । जिल्लामा हालसम्म ४८२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २२९ जना सक्रिय संक्रमित रहेका छन् ।







