काठमाडौं,१० असार ।
नेपालमा बिहीबार थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३५ पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जना गरि २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना काेराेजा संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ९१८ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित ४९ हजार ५५५ जना रहेका छन् । उनीहरुमध्ये होम आइसोलेसनमा ४६ हजार ५०२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल ७३६ जना आईसीयू र २०७ जना भेन्टिरमा उपचाररत् छन् ।

गत २४ घण्टामा प्रदेश १ मा ३९७, प्रदेश २ मा ९५, बागमती प्रदेशमा ७१६ तथा गण्डकीमा २१८ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ११६, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।