रुपन्देही,९ असार ।
सैनामैना नगरपालिका वडा न.१ का अति बिपन्न तथा असाहाय घर परिवारलाई दाेस्राे चरणको राहत वितरण सम्पन्न भएको छ ।
दोस्रो चरणको राहत स्वरुप स्थानीय २० घरपरिवार लाई राहत बितरण गरिएको हो ।
स्थानीय समाजसेवी नर बहादुर सुनार, अनिल पहाडी,
समीर बि.क.,सनिज परियारको सक्रियतामा राहत बितरण गरिएको हो ।
बेलायत निवासी थम बहादुर विश्वकर्मा ,कबिराम कुंवर,नारायण महत, चिन्तामणी भुषाल,प्रकाश केसि,रबिन्द्र प्रसाद पौडेल ,जनक भण्डारी ,बिनोद गुप्ता,गंगा बिक ,लगायत सहयोगी दाताहरु को सहयोगमा यो राहत बितरण गरिएको समाजसेवी नर बहादुर सुनारले जानकारी दिए ।
अहिले कोरोना र बाढीले मुलुकमा पारेको विषम परिस्थितिमा मानिसहरुलाई परेको समस्यामा थोरै भए पनि सहयोग पुगोस भन्ने हिसाबले यो कार्य गरिएको स्थानीय समाजसेवी समीर बिकले बताए ।
सैनामैना नगरपालिका वडा न.१ भित्र का अति बिपन्न असाहाय ,अपांग ,एकल महिलाहरु लाई चामल ,दाल ,तरकारी लगायत खाद्यान्न सामाग्री बितरण गरिएको समाजसेवी सनिज परियारको भनाई छ।
विभिन्न संघसंस्था बाट प्रथम चरण मा २४ घरपरिवार र दोश्रो चरणमा २० घरपरिवार लाई राहत बितरण गरिएको समाजसेवी अनिल पहाडीले जानकारी दिए ।








