बुटवल,९ असार । ​
देवदह नगरपालिकाका ७ सहित बुधबार रूपन्देहीका थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १६१ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ९३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
देवदह नगरपालिकाका ७ जना,बुटवल उपमहानगरपालिकाका ५ जना, सैनामैना नगरपालिका र सिद्वार्थनगर नगरपालिकाका २/२ जना,तिलोत्तमा नगरपालिका,सियारी गाउपालिका र गैडहवा गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ५७ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार १८६ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जिल्लामा हालसम्म ४८२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २६८ जना सक्रिय संक्रमित रहेका छन् ।