प्रकाश खनाल
बुटवल,९ असार । आजका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
विपक्षी गठबन्धनको बहिस्कार पछि आईतबार स्थगित भएको बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना टाँस गरी आगामी असार २७ गतेसम्मका लागि स्थगित भएको जनाएको हो ।
प्रदेश सरकारकाे बैधानिकतामाथि प्रश्न उठाउदै आएका विपक्षी गठबन्धन का दलहरूले प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक बर्ष २०७८/०७९ काे बजेटमाथिकाे छलफलमा सहभागी नहुने अडानबाट पछि नहटेपछि आजका लागि बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएको हो ।

पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौ बैठक मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

बजेटका विषयमा छलफल गर्न गत आइतबार बाेलाइएकाे बैठककाे प्ररम्भमै विपक्षी गठबन्धनको तर्फबाट बिशेश समय लिएर बाेल्दै नेपाली कांग्रेस संसदीय दलका नेता बिरेन्द्र कुमार कानाेडियाले प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै अल्पमतको सरकारले प्रस्तुत गरेकाे बजेटमाथिकाे छलफलमा सहभागी हुन नसकिने भन्दै बैठक बहिस्कारकाे घाेषणा गरेपछि बिपक्षी गठबन्धनका सबै प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए ।
प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत सिद्ध गर्नु पर्ने माग राख्दै अल्पमतका मुख्यमन्त्रीको नेतृत्वको सरकार अस्किवार गर्ने विपक्षी गठबन्धनको अडान छ । मुख्यमन्त्री नियुक्त हुँदा पदमुक्त भएका र पार्टीमा नभएका सांसदहरुको समेत हस्ताक्षर गरि मुख्यमन्त्री शंकर पोखरेलले दाबी प्रस्तुत गरेको उनीहरुको आरोप छ ।