रोल्पा,९ असार । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि घर पुरिँदा रोल्पामा ३ जनाको मृत्यु भएको छ ।
गएराति साढे १२ बजेतिर आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको मृत्युु भएको प्रहरीले जनाएको छ ।
साेही घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।
बिहानैदेखि टेलिफोनमा आएको समस्याका कारण थप विवरण आउन नसकेको र प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ गएको केसीले बताए ।








