बुटवल,९ असार ।
सैनामैना स्वास्थ्य व्यबसायी संघ सैनामैना रुपन्देही, रानिबगिया युवा क्लब रानिबगिया एबं सत्य संजाल सैनामैनाद्वारा संयुक्त रूपमा बिपन्न तथा असाहय २४ घर परिवारलाई खाद्यान्न बितरण गरिएको छ ।
सैनामैना नगरपालिका वडा नं. १ का अति बिपन्न असाहाय एबं दैनिक ज्याला मजदुरि गरि खाने घरपरिवारलाई चामल ,तेल ,नुन ,सोयाबिन, आटा,आलु लगायतका खाधान्न बितरण गरिएको हो।
स्वास्थ्य व्यबसायी संघ सैनामैनाका अध्यक्ष एक बहादुर क्षेत्री को अध्यक्षता र सत्य संजाल सैनामैनाका अध्यक्ष युवराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रानिबगिया युवा क्लबका अध्यक्ष सन्जु थापा,सैनामैना दलित उत्थान समिती रुपन्देहीका प्रेस सल्लाहकार अनिल पहाडी,वडा न. १ का उपाध्यक्ष समीर बिक,सदस्य सनिज परियार,सहयोगीहरु दामोदर क्षेत्री ,संदिप चालिसे,हरि गिरि लागायतले दुख को बेला थोरै भए पनि सहयोग को हात बढाउन पाउँदा खुशी अनुभव भएको बताएका थिए ।
कार्यक्रम लक्ष्मण पौडेलकाे संचालनमा सम्पन्न भएको थियो।