बुटवल,७ असार । ​
बुटवलका ७ सहित मंगलबार रूपन्देहीका थप २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १७६ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ९१७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका ७ जना, सैनामैना नगरपालिकाका ६ जना,तिलोत्तमा नगरपालिकाका ५ जना,देवदह नगरपालिकाका २ जना तथा कन्चन गाउपालिका र ओमसतिया गाउपालिकाकन १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४५ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार १२९ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । जिल्लामा हालसम्म ४८१ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३०७ जना सक्रिय संक्रमित रहेका छन् ।