काठमाडौं,८ असार । नेपालमा मंगलबार थप ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार २०४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बागलुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले आज संक्रमितको संख्या बढी देखिएको जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९५४ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टीमा थप ४१ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ८ हजार ८१३ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौंका ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरका ९९, सुनसरीमा ९६,चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६, मोरङमा ७०, नुवाकोट र भक्तपुरका ६७/६७ जना, बागलुङमा ६६, कास्कीमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै गुल्मीमा ४६, काभ्रेपलाञ्चोकमा ४५, नवलपरासीमा ४१, रुपन्देहीमा २८,कैलालीमा २६ र दाङमा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
बाँकेमा १९,धनुषामा १३, जुम्लामा १२, पाल्पा र रुकुम पश्चिममा ११/११ जना, बारा र अर्घाखाँचीमा १०/१० जना, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, महोत्तरी, तनहुँ र नवलपरासी पश्चिममा ७/७ जना, धनकुटा, सिरहा र कञ्चनपुरमा ६/६ जना, उदयपुरमा ५, सोलुखूम्बु, सर्लाही, र सुर्खेतमा ४/४ जना, इलाम, दोलखा, गोरखा, लमजुङ, स्याङजा, डोटी र बैतडीमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पर्सा, रौतहट, कपिलवस्तु, रोल्पा, सल्यान र डडेल्धुरामा २/२ जना तथा भोजपुर, रामेछाप, प्युठान, रुकुम पुर्व, अछाम र बझाङमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै १० वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण देखिउको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्उय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







