बाँके,८ असार ।
कर तिर्ने म्याद थप्न माग गर्दै नेपालगञ्जका उद्योगी व्यवसायीहरले प्रदर्शन गरेका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञाका कारण आफुहरू पिडित भएकोले राहतको माग गर्दै उनिहरूले आज नेपालगञ्जमा प्रदर्शन गरेका हुन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार सांकेतिक रूपमा दबाबमूलक प्रदर्शन गरिएको हो ।

निषेधाज्ञा चलिरहेकाे अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खाेप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले जानकारी दिए ।