दाङ,८ असार । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।
आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित पहाडी क्षेत्र बङ्गलाचुलीमा गाउपालिकाले अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
केन्द्र सरकारसँगको साझेदारीमा १५ शय्याको अस्पताल सञ्चालन भएपछि नागरिकलाई सहज भएको छ । अस्पताल सञ्चालनमा आएसंगै जिल्लाकाे ङ्गलाचुली गाउँपालिकाका साविकका पहाडी गाविस काभ्रे, लोहारपानी, हाँसीपुर र स्युजा तथा छिमेकी जिल्ला प्युठानका स्थानीयवासीले समेत स्वास्थ्य सेवा लिन सहज भएकाे छ ।
अस्पताल नहुँदा सामान्य बिरामी हुँदा पनि उपचारका लागि पनि सदरमुकाम घोराही जानुपर्ने बाध्यता थियो । प्रयोगशाला, एक्सरे र दक्ष चिकित्सकसहितको उपचार सेवा सुरु गरिएको बङ्गलाचुली गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा बङ्गलाचुली गाउँपालिकाले अस्पतालसहित स्वास्थ्यचौकी नभएका चार वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरी सेवा सुरु गरेको गाउँ पालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएद्वा ।








