बुटवल,७ असार । ​
तिलाेत्तमाका ५ सहित साेमबार रूपन्देहीका थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १३१ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ८९५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ५ जना,सिद्वार्थनगर नगरपालिकाका ३ जना,बुटवल उपमहानगरपालिका,सैनामैना नगरपालिका र देवदह नगरपालिकाका २/२ जना तथा सियारी गाउपालिकाका १ जना काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ६९ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ८४ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जिल्लामा हालसम्म ४८१ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३३० जना सक्रिय संक्रमित रहेका छन् ।