काठमाडौं,७ असार । नेपालमा साेमबार थप २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५८३ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना काेराेना संक्रमीत निकाे भएका छन् भने ४६ जना काेराेना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २२२ जना कोरोना संक्रमित थपिएका थिए ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १३०, मोरङमा १२४, सुनसरीमा ११४, चितवनमा ६८ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कास्कीमा ४०, नुवाकोटमा ३९, मकवानपुरमा ३५, भक्तपुरमा ३३, नवलपरासी पूर्वमा ३०, धादिङमा २३, काभ्रेपलाञ्चोकमा २२,संखुवासभा र दोलखामा १८, पाल्पामा १७, सिरहा र रुपन्देहीमा १६/१६ जना, बारामा १५, दाङमा १४, पाँचथरमा १२, इलाम र महोत्तरीमा ११/११ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्वतमा ९, दैलेखमा ८, उदयपुर, सप्तरी र सर्लाहीमा ७/७ जना, धनकुटा, पर्सा, सिन्धुपाल्चोक र लमजुङमा ६/६ जना, तेह्रथुम, भोजपुर, धनुषा र रसुवामा ५/५ जना, सिन्धुलीमा ४, रामेछाप, गोरखा, बर्दिया,बाँके र कञ्‍चनपुरमा ३/३ जना, रौतहट, स्‍याङ्जा र अछाममा २/२ जना तथा ताप्लेजुङ, म्‍याग्दी, गुल्मी, नवलपरासी पश्‍चिम, जुम्ला, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।