बुटवल,६ असार ।
तिलाेत्तमाका १५ सहित आइतबार रूपन्देहीका थप २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका २९३ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ८८० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाका १५ जना,बुटवल उपमहानगरपालिकाका ३ जना,सैनामैना नगरपालिकाका २ जना तथा मायादेवी गाउपालिका र राेहिणी गाउपालिकाका १/१ जना काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४६ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार १५ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जिल्लामा हालसम्म ४७८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३८७ जना सक्रिय संक्रमित रहेका छन् ।







