पाल्पा,५ असार । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ३ हिरापोखरा आर्यडाँडाकी ३५ वर्षीया मीरा विक रहेकी छन् ।
आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







