दाङ,४ असार । श्रीमतीको हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमानलाई पक्राउ गरेकाे छ । आफ्नै श्रीमतीकाे हत्या गरेको आराेपमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका
५७ वर्षका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीले घरायसी विवादका क्रममा हिजो बेलुकी बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।







