बुटवल,३ असार ।
तिलाेत्तमाका १० सहित रुपन्देहीमा बिहीबार थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५१ जनाको पीसीआर परीक्षण गर्दा रूपन्देहीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ८२८ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार रूपन्देहीको तिलाेत्तमा नगरपालिकाका १० जना,बुटवल उपमहानगरपालिकाका ५ जना,सैनामैना नगरपालिकाका २ जना,सिद्वार्थनगर नगरपालिका र कञ्चन गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४८ जना कोरोना संक्रमित निकाे भएका छन् । रूपन्देहीमा हालसम्म २६ हजार ८०८ जना काेराेना संक्रमित निकाे भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेको छ ।
रुपन्देहीमा हालसम्म ४७५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ५७४ जना सक्रिय संक्रमित रहेका छन् ।