बुटवल,१ असार ।
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका रूपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ तिनकुने निवासी अन्दाजी ३२ बर्षका कमल श्रीस मगर करिब १६ घण्टा पछि मृत अवस्थामा फेला परेका छन ।
उनी जेठ ३१ गते सोमबार सांझ ५ बजेतिर घर नजिकै रहेको पथरिया घोलामा बनाइएको तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सशसत्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीको रेस्क्यु टोली, इलाका प्रहरी कार्यलय,रुद्रपुर,अस्थाई प्रहरी चौकी प्रतापपुर,सशस्त्र प्रहरी बल बेस क्याम्प लोण्डिहवा, गैडहवा ताल ब्यबस्थापन समितिको डुंगा चालक र स्थानियहरुले बिहान करिब ९ बजेको समयमा उनलाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको छ ।
मृतकका आफन्त र स्थानियहरुले भने असुरक्षित रुपमा बनाइएको ताल पुर्ण रुपमा पुर्न वा सुरक्षित रुपमा संचालन गर्नु पर्ने माग गरेका छन् ।
सामुदायिक बन र गाउपालिकाले मृतकका परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग समेत स्थानीयले गरेका छन ।
यसअघि साेही तालमा पौडी खेल्ने क्रममा स्थानिय दुई जना बालकहरुको पनि डुबेर मृत्यु भएको थियो ।