बुटवल,३१ जेठ ।
बुटवल उपमहानगरपालिकाका २२ सहित रुपन्देहीमा साेमबार थप ५१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २४० जनाको पीसीआर परीक्षण गर्दा रूपन्देहीका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ७६१ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार साेमबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २२ जना,तिलाेत्तमा नगरपालिकाका १३ जना,देवदह नगरपालिकाका ५ जना,कञ्चन गाउपालिका र सुद्वाेधन गाउपालिकाका ३/३ जना,सैनामैना नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका,राेहिणी गाउपालिका,मायादेवी गाउपालिका र गैडहवा गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १९९ जना कोरोना संक्रमित निकाे भएका छन् । रूपन्देहीमा हालसम्म २६ हजार ५२१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा यसअघि छुटेको १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
रुपन्देहीमा हालसम्म ४६९ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ७७१ जना सक्रिय संक्रमित रहेका छन् ।







