बुटवल,३१ जेठ । अन्तर्राष्ट्रीय रक्तदान दिवसकाे अवसरमा मानवाधिकार तथा शान्ती समाज रुपन्देहि तथा नेपाल स्वयसेबि रक्तदाता समाज द्वारा आज बुटवलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
साे अवसरमा बाेल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गाेविन्द खनालले रक्तदानकाे महत्त्वबारे आमरूपमा जानकारी नहुदा रक्तदान गर्न हिचकिचाउने गरेको बताउदै त्यसबारे सचेतना जगाउन जरुरी रहेको बताए ।
काेराेना संक्रमणबाट नागरिकहरूलाई बचाउने कार्यमा सरकार संवेदनशील नभएको भन्दै उनलेे राष्ट्रको संपुर्ण शक्ति प्रयोग गरेर भए पनि सबै नागरिकलाई खोपको ब्यबस्था गर्न आग्रह गरे ।

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति डि पि खनालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सचिब मिना ढकाल ,जिल्ला पुर्ब सभापति हरिश ढकाल ,अभियान्ता लिला लुईटेल, नेपाल स्वयसेबि रक्तदाता समाज रुपन्देहिका अध्यक्ष कृष्ण चौहान,शान्ति समाज रूपन्देहीका सह सचिब कृष्ण पान्डे लगायतले रक्तदानकाे महत्त्वका बारेमा प्रकास पारेका थिए ।