बुटवल,३० जेठ ।
सैनामैना नगरपालिकाका १७ सहित रुपन्देहीमा आइतबार थप ४५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८९ जनाको पीसीआर परीक्षण गर्दा रूपन्देहीका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ७१० पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार रूपन्देहीको
सैनामैना नगरपालिकाका १७ जना,तिलाेत्तमा नगरपालिकाका ९ जना,बुटवल उपमहानगरपालिकाका ५ जना,देवदह नगरपालिकाका ३ जना,सिद्वार्थनगर नगरपालिका, सियारी गाउपालिका,मायादेवी गाउपालिका र सम्मरिमाई गाउपालिकाका २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका,ओमसतिया गाउपालिका र गैडहवा गाउपालिका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १०१ जना कोरोना संक्रमित निकाे भएका छन् । रूपन्देहीमा हालसम्म २६ हजार ३२२ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा यसअघि छुटेको १ सहित ३ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
रुपन्देहीमा हालसम्म ४६८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ९२० जना सक्रिय संक्रमित रहेका छन् ।