काठमाण्डाै,३० जेठ । नेपालमा यो हप्ताभरि नै मनसुन सक्रिय रहने जल तथा विज्ञान विभागले जनाएको छ ।
२८ गते शुक्रबार भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । अहिले प्रदेश-१ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको उनलेे बताए ।
यो बिस्तारै देशभर फैलिने र एक/दुई दिनभित्रै देशभरको मौसम बद्ली भइ हल्कादेखि ठूलो पानी पर्ने मौसमविद् पौडेलले बताए । यो हप्ता लुम्बिनी,सुदूरपश्चिम, गण्डकी र पश्चिम तराईका जिल्लाका केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेकाे छ । अन्य ठाउँमा भने सामान्यदेखि हल्का वर्षा हुनेछ ।
मनसुनी वायुको प्रभावका कारण अहिले गण्डकी, लुम्बिनीको तराईका जिल्ला र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिए । आज दिउँसो पनि देशभरको मौसम बद्ली रहने र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने उनको अनुमान छ ।







