बुटवल,२९ जेठ ।
बुटवल उपमहानगरपालिकाका २३ सहित शनिबार रुपन्देहीका ५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१९ जनाको पीसीआर परीक्षण गर्दा बुटवल उपमहानगरपालिकाका २३ सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ६६५ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २३ जना,तिलाेत्तमा नगरपालिकाका १५ जना,सिद्वार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका ४/४ जना,देवदह नगरपालिका र सियारी गाउपालिकाका ३/३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका,सुद्वाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ६८ जना कोरोना संक्रमित निकाे भएका छन् । रूपन्देहीमा हालसम्म २६ हजार २२१ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
रुपन्देहीमा हालसम्म ४६५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ९७९ जना सक्रिय संक्रमित रहेका छन् ।