काठमाडौं,२८ जेठ । नेपालमा शुक्रबार थप ३ हजार ७५० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५९८ नमुना परीक्षण गर्दा २ हजार ७०९ जना र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जना गरि ३ हजार ७५० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ५ लाख २० हजार ८१६ जना काेराेना संक्रमित निकाे भएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ६७ जना काेराेना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ८ हजार ३०५ काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १ दशमलव६ प्रतिशत रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ । जसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







