बुटवल,२६ जेठ । बुटवल र तिलाेत्तमाका १३/१३ सहित बुधबार रूपन्देहीका थप ४८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४९७ जनाको पिसीआर परीक्षण गर्दा ४८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रूपन्देहीको बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका १३/१३ जना, जना,देवदह नगरपालिकाका ७ जना,सैनामैना गाउपालिका र सिद्वार्थनगर नगरपालिका ५/५ जना,सुद्वाेधन गाउपालिकाका ३ जना तथ ओमसतिया गाउपालिका र कञ्चन गाउपालिकाका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
रूपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा थप १७३ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २५ हजार ५८१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ । रूपन्देही जिल्लामा हालसम्म ४५७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हाल १ हजार ७६ जना काेराेनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।