काठमाडौं,२६ जेठ । नेपालमा बुधबार थप ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७६८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
नेपालमा अहिलेसम्म निकाे हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा ८१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ९१५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जना रहेका छन् ।