गुल्मी,२५ जेठ । सिर्तुङ्ग समाजले गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुङ्गामा अति बिपन्न १८ घरपरिवारलाइ खाद्यान्न वितरण गरेको छ ।
काेराेना महामारीको नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरि खाने विपन्न घरपरिवार तथा मजदुरहरूकाे घरमा चुलो बाल्न मुस्किल भएकोले त्यस क्षेत्रका अति विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिएको अभियानमा सहभागी युवराज भण्डारीले जानकारी दिए ।
अभियान अन्तर्गत प्रति घरपरिवार १ बोरा चामल, एक किलो दाल र एक पोका नुन हस्तान्तरण गरिएको सिर्तुङ्ग समाजले जनाएको छ ।

केशव भण्डारीको सभापतित्व र नेपाली कांग्रेसका युवा नेता मोति भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा अभियन्ताहरू सुवाश चन्द्र भण्डारी,युबराज भण्डारी लगायतले अभियानको उद्देश्य बारे आ आफ्नो भनाइ राखेका थिए ।
समाजले सुरुवात गरेको महान अभियानले कोरोना माहामारीका कारण अति विपन्न परिवारकाे जिवनयापनमा परेको समस्या केही हदसम्म भए पनि न्युनिकरण हुने विश्वास अभियन्ताहरूकाे छ ।