काठमाडौं,२४ जेठ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले भित्र पञ्चायतकालिन मण्डले समूह जन्मिएकाे आराेप लगाएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै
उनले उक्त आराेप लगाएका हुन् ।
आफुहरु विरुद्ध अनर्गल प्रचार शुरु गरिएको भन्दै उनलेे एकताको कुरा गर्दा आत्मसमर्पण गरेकोरुपमा ब्याख्या गर्नेे र विवादको कुरा गर्दा विभाजनको रुपमा ब्याख्या गर्ने गरिएको आराेप समेत लगाएका छन् ।

अनर्गल प्रचार गर्ने एउटा समूह नै तयार भएको उल्लेख गर्दै भुसालले त्यस्तो समूहलाई पञ्चायतकालिन मण्डलेको संज्ञा दिएका छन् । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भएकाे स्मरण गर्दै उनलेे पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान नरहेको जनाएका छन् । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । उनले फेसबुकमा लेखेका छन् ।

मण्डलेहरु पनि पञ्चायती व्यवस्था धारासायी बनाउन एउटा कारक बनेको उल्लेख गर्दै नेता भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्ता समूह खडा भएको आशंका पनि गरेका छन् ।