बुटवल,२४ जेठ । तिलाेत्तमा नगरपालिकाका १६ सहित रूपन्देहीमा साेमबार थप ६३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१९ जनाको पिसीआर परीक्षण गर्दा ६३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार १४६ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रूपन्देहीको तिलाेत्तमा नगरपालिकाका १६ जना,बुटवल उपमहानगरपालिकाका १२ जना,देवदह नगरपालिकाका ८ जना,
सैनामैना गाउपालिकाका ७ जना, सिद्वार्थनगर नगरपालिका र ओमसतिया गाउपालिकाका ६/६ जना, राेहिणी गाउपालिका र मायादेवी गाउपालिकाका २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका,सुद्वाेधन गाउपालिका र गैडहवा गाउपालिकाका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
रूपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा थप १०९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २५ हजार ५८१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना काेराेना संक्रमितको मृत्यु भएको छ । रूपन्देही जिल्लामा हालसम्म ४५४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हाल १ हजार १११ जना काेराेनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।