काठमाडौं,२४ जेठ । नेपालमा साेमबार थप ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर परीक्षण गर्दा ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा १ हजार १०२ गरी ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जना काेराेना संक्रमित निकाे भएका छन भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।