बुटवल,२३ जेठ ।
रुपन्देहीको कञचन गाउपालिकामा २ बर्षिय बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल,(आम्दा नेपाल) को कोभिड आइसोलेसनमा उपचारका क्रममा शनिवार दिउसाे ३:४५ बजे क्रममा मृत्यु भएको हो ।
यस संगै कञ्चन गाउपालिकामा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
गत जेठ ११ गते बिरामी भई सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवल(आम्दा नेपाल)मा भर्ना भएकि ती बालिकाको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको र १२ गते देखि उनलाई सोही अस्पतालको कोभिड डिपार्टमा राखी सघन उपचार गराउदा गराउदै मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।
निमोनियाकाे उपचारका लागि भर्नाको भएकी ती बालिकामा काेराेनासँग मिल्दोजुल्दो लक्षण देखा परेपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमणका कारण २ बर्षे नाबालककाे मृत्यु भएको नेपालमा सम्भवत यो पहिलो घटना हुन सक्ने स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

यसैबीच कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले सुचना जारि गरी समुदायमा कोरोना संक्रमण सघन रुपमा फैलिरहेकोले स्वास्थ्य मापदण्ड अपनाएर मात्र आफ्नो दैनिक कृयाकलाप संचालन गर्न र अत्यावस्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।
गाउपालिकाले समुदाय स्तरमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई चेन ब्रेक गरी रोकथाम र नियन्त्रण गर्न समुदाय स्तरमै एन्टिजिन परिक्षण गर्दै आइरहेको र पायक पर्ने स्वास्थ्य केन्द्रहरुमा सम्पर्कगरी स्वाव परिक्षण गर्न समेत स्वास्थ्य शाखा प्रमुख गौतमले अनुरोध गरेका छन् ।