बुटवल,२३ जेठ ।
रूपन्देहीमा क्रियाशील पाँच दलिय गठबन्धनले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति फिर्ता लिई नेपाली जनता सामु माफी माग्नुपर्ने माग गरेको छ ।
पाँच दलिय गठबन्धनले आज संयुक्त विज्ञपति जारी गरि
महतोको भनाईले राष्ट्रियतथामाथि गम्भिर खलल् पु-याउने भन्दै उनले नेपाली नागरिक समक्ष माफि माग्दै सो भनाई फिर्ता लिन माग गरेको हो ।
पाँच दलका तर्फबाट आज प्रकाशित विज्ञप्तिमा उपप्रधानमन्त्री महतोको भनाईले राष्ट्रियतामागि गम्भिर खलल् पुगेको भन्दै अविलम्ब आम नागरिकसँग आत्मालाचित हुँदै आफ्नो भनाई फिर्ता लिन माग गरेको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेर संविधान र लोकतन्त्रको मुल्य र मान्यताको उपहास गरेको पाँच दलिय गठबन्धनको दाबी छ ।
सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा ढुङ्गा, गिटी र बालुवा निकासी गर्न चुरे लगायत खानीजन्य पहाडको उत्खनन् गर्ने निर्णय गरेको उल्लेख गर्दै पाँच दलिय गठबन्धनद्वारा जारी विज्ञप्तिमा तराईका जनताको पानीको श्रोत नै बन्द गरिदिने जस्तो अदुरदर्शी निर्णय गरेको आरोप लगाईएको छ ।
विपक्षी गठबन्धन आवद्ध दलहरुले प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा वातावरणिय प्रभाव मुल्याँकन नै नगरि तिनाउ नदी, रोहिणी नदी, कञ्चन, दानव, घोडाहा लगायतका नदीबाट अनियन्त्रीतरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भईरहेको आरोप समेत लगाएका छन् । वातावरणीय प्रभाव मुल्याँकन नै नगरि गरिएको उत्कखनन् तत्काल रोक्न दलहरुले माग गरेका छन् ।
विज्ञपीतमा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेकपा माओवादी केन्द्रका सचिव निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव र राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।